कावासोतीको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र २९ बर्षमा, शिव स्मृति भवनको मन्त्री पुनले उद्घाटन गर्ने 




कावासोती, २७ साउन । पूर्वी नवलपरासीको कावासोती २ मा रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र २९ बर्षमा प्रवेश गरेको छ ।

२९ बर्ष पुरा गरेको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्तीका साथै शिव स्मृति भवनको उद्घाटन गर्ने भएको छ ।




सोमबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै रजत जयन्ती तथा भवन उद्घाटन कात्तिक २ गते कुमारवर्ती क्याम्पसमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ ।

सोही दिनमा कावासोतीको फलफूल चोकबाट सभापति चोकहुँदै कुमारवर्ती क्याम्पससम्म झ्याँकी सहित र्याली निकालिने बताएको थियो । पत्रकार सम्मेलनमा अर्जुन श्रेष्ठ, सर्मिला आचार्य, जमुना कंडेल लगायतले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

भवन उद्घाटन कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कावासोतीलाई अहिलेसम्म सहयोग गर्नेलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत जानकारी गराइएको थियो ।




सम्बन्धित
Loading...