हाम्रो संसार ग्रुपद्वारा सहयोग हस्तान्तरण
कावासोती । युवाहरुद्वारा सामाजिक सन्जाल मार्फत बनेको हाम्रो संसार गु्रपले आफ्नो २ बर्ष पूरा गरेको उपलक्ष्यमा सहयोग हस्तान्तरण गरेको छ ।
मौलाकालिका अपांग सेवा सस्था कावासोती ०८ नवलपुरलाई पाँच हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको गु्रपका नवलपुर संयोजक बिमल अधिकारीले बताए ।
कार्यक्रममा ग्रुपको एडमिन सम्झना सापकोटा, सहयोगी संस्थाका अध्यक्ष ओमकार घिमिरे, एनवाइसी नवलपुरको सद्स्य रोशनी कुवर, आउ युवा देश बनाऔंको अध्यक्ष बिन्दु शर्मा, सबिता पौडेल, रामचन्द्र पंगेनी लगायतका सामाजिक अभियान्ताको सहभागीता रहेको थियो ।

