जेन्स पार्लरः राम्रो आम्दानीको स्रोत बन्दै

1,434








रामकुमार श्रेष्ठ –
नवलपरासी, ३० असोज । हामीले व्युटी पार्लर त सुनेका छौं । अधिकांश महिलाहरु व्युटी पार्लरमा पक्कै पनि गएकै हुनु पर्छ तर पुरुषहरुका लागि पनि व्युटी पार्लर जस्तै हुन्छ जुन सैलुनको नाममा खुलेको हुन्छ ।
झट्ट सैलुन भन्नासाथ हामीले कपाल काट्ने ठाउँ भनेर बुझ्छौं त्यो पनि भारतबाट आएका भारतीयहरुले खोलेका या नेपालकै तराईबासीले खोलेको कपाल काट्ने ठाउँ भनेर । तर, अहिले जमाना फेरियो भने झैं नारीहरुका लागि मात्र नभएर पुरुषहरुका लागि पनि पार्लर खुल्न थालेका छन् । जहाँ विवाह अगाडि दुलाहालाई सिंगार्नेदेखि लिएर, कपाल लट्टा पार्ने, फेसवास गर्ने, मेकअप गर्ने, कपाल कटिङ्ग गर्ने, कलरिङ्ग, क्लिङ्गजिङ्ग, स्टेट, ड्रेडलक, हेयर ट्रिटमेण्ट, फेस ट्रिटमेण्ट गर्ने लगायतका कामहरु हुन्छ ।




मासिक डेढ लाख सम्म कमाई

बाहिरबाट हेर्दा पुरुषहरुको कपाल काट्ने ठाउँ जस्तो देखिए पनि अहिले यो निक्कै राम्रो आम्दानीको स्रोत बन्न थालेको छ । मासिक १ लाखदेखि माथि कमाइ हुने यसमा काम गर्नेहरुले सुनाउने गर्दछन् । सबै खर्च कटाएर पनि मासिक ५०÷६० हजार बच्ने गर्दछ ।
नेपालमै आफ्नै गाउँघरमा परिवारसँग बसेर मासिक ५०÷६० हजार बचत हुने गरी कमाई गर्ने पक्कै राम्रो आम्दानीको स्रोत हो ।
पूर्वी नवलपरासीको कावासोतीको नयाँ बजारमा पनि कावासोती १५ गोछडाका एक युवकले विदेशबाट सिकेर आएको आफ्नो सिपलाई यसैमा प्रयोग गरेर अहिले राम्रो आम्दानी गरेका छन् । कावासोती १५ गोछडा निवासी २८ बर्षीय युवक डिल महतो भन्छन् – मासिक सरदर एक डेढ लाख कमाई हुन्छ खर्च कटाएर मासिक ६० देखि ७० हजार आरामले बच्छ ।
डिल महतोले शुरु शुरुमा आफ्नै दिदीले खोलेको ब्युटी पार्लरमा दिदीलाई सघाउने गर्दथे । पछि उनी पुरुषको मेक अप सम्बन्धी काम सिक्ने र कामको अनुभव बटुल्न विदेश गए। भ्mण्डै ४ बर्ष थाइल्याण्डमा यसै सम्बन्धी काम गरेका डिल महतोले नेपाल आएर फेरी सोही काम शुरु गरे ।
महतो भन्छन् – “पाँच बर्षको बीचमा पनि म नेपाल आएर यही व्यवसाय शुरु गर्न खोजेको थिए तर त्यति बेला उति राम्रो व्यापार होला भन्ने लागेन । पछि पाँच बर्ष विताए पछि आफ्नो कामको अनुभव र त्यहाँ कमाएको पैसा यही व्यवसायमा लगाए ।”
महतोले कावासोतीको नयाँ बजारमा द म्यान सलुन नाम दिएर पुरुषहरुका लागि जेन्स पार्लर खोलेका छन् । उनले यो व्यवसाय कावासोतीमा शुरु गरेका डेढ बर्ष भयो । केहीलाई उनले जागिर समेत दिलाएका छन् ।
महतोले भने – ‘राम्रो छ, पैसाकै लागि भनेर विदेश जानु पर्दैन । कावासोतीमा पनि यसको विस्तारै मार्केट बढ्दै छ । काठमाडौैं, पोखरामा यसको भविश्य अहिले निक्कै राम्रो छ ।’ उनको पसलमा खास गरेर अहिले कटिङ, क्लिङ्गजिङ्ग, कलरिङ, डेढलक, फेसियलका बढी काम आउने गर्दछन् । सबैभन्दा राम्रो कमाई कपाल लट्टा पार्दा हुन्छ । एक इन्च कपाल लट्टा पारेको मात्रै ५० रुपैया लिने गर्दछन् । १५ इन्च लामो २० वटा लट्टा पार्दा १५/१६ हजार कमाइ हुने महतोले बताए ।

फरक व्यवसाय, फरक अनुभव

दिदीसँगै आफ्नै दिदीको व्युटी पार्लरमा काम सिकेका डिल महतोले काम जाने पछि काठमाडौं जेन्स पार्लरको भविष्य बुझ्न गए तर सम्भावना कम देखेपछि उनी सोझै थाइल्याण्ड हानिए ।
थाइल्याण्मा ४ बर्ष काम गरेपछि अहिले उनले कावासातीमा द म्यान सलुन खोलेका छन् । महतोले भने – बाहिरबाट हेर्दा कपाल काट्ने ठाउँ मात्र भनेर बुझ्छन् । कतिपय युवाहरु पनि झट्ट पस्न खोज्दैनन् । बुढा पाकाहरुले कस्तो काम गरेको हो कपाल काट्ने भनेर । मलाई अनौठो लाग्दैन किन भने उहाँहरुले जे बुझ्नु भयो त्यही भन्नु भयो ।
उनलाई नयाँ व्यवसाय शुरु गर्दा कसैले केही भनेका छैनन् । महतोले भने – नयाँ जेनेरेसनका युवाहरुले बुझेका छन् । प्राय एक पटक आएका युवाहरु आइरहन्छन् । । आफ्नो कामसँग खुसी लाग्छ । कावासोतीको लागि त नौलो हो ।



You might also like
Loading...