एनआरएनएको मतदान बिहान १० बजेदेखि हुने
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन लम्बिएको छ । बुधबार राति स्थगित भएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेदेखि हुने जनाइएको छ ।
एनआरएनएका केन्द्रीय पदाधिकारीका लागि बुधबार राति ७ बजेदेखि मतदान गर्ने भनिएको थियो । विश्वभरिबाट काठमाडौंको ह्यात होटलमा भेला भएका प्रतिनिधिहरु मतदानका लागि लाइनमा बसिसकेपछि राति मतदान स्थगनको घोषणा गरिएको थियो ।

