चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु




चितवन । चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । ना १३प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४ यज्ञपुरीका भविस केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका २२ वर्षीय सुशान्त अधिकारी र १९ वर्षीय प्रशान्त अधिकारी घाइते भएका छन् । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।



सम्बन्धित
Loading...