दाङमा विप्लवका २१ नेता कार्यकर्ता पक्राउ
दाङ, ३० असोज ।
दाङबाट नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन्।उनीहरूलाई गएराति २ बजेतीर दाङ जिल्लाको नेपाल भारत सिमामा पर्ने राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले बताएका छन्।
पक्राउ परेकाहरूबाट उल्लेख्य परिमाणमा हातहतियार तथा विस्फोटक पदार्थ फेला परेको प्रहरीको भनाइ छ।
प्रवक्ता शाहका अनुसार पक्राउ परेकाहरूलाई सदरमुकाम ल्याइदैं छ। पक्राउ परेकाहरू सो पार्टीका कुन तहका कार्यकर्ता हुन भन्नेबारेमा अनुसन्धान जारी रहेको उनले बताए।
