दाउन्नेमा ट्रक दुर्घटना हुँदा पश्चिम नवलपरासीका एक जनाको मृत्यु 

756








शोभा जिसी –




नवलपरासी, १ कात्तिक । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्नेमा गएराति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर निर पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ८११६ नम्बरको कन्टेनर ट्रक आफै अनियन्त्रित भई सडकको दायाँ भागबाट अन्दाजी ३ सय मिटर तल खस्दा कन्टेनरमा सवार पश्चिम नवलपरासीको सवराल गाउँपालिका १ निवासी १८ बर्षीय खेम राय चौधरीको निधन भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा पठाइएकोमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ट्रक चालक पर्सा जिल्लाका २४ बर्षीय मनोज मुखिया र सहचालक पर्साकै बहुदलमाई नगरपालिका ४ बस्ने २० बर्षका शिव यादव गम्भीर घाइते भएका छन् ।

दाउन्नेमा दुर्घटना: एक जनाकाे मृत्यु, दुई जना घाईते



You might also like
Loading...