देवचुलीको पृथ्वी माविमा हाजिरी जवाफ प्रतियोगिता




नवलपरासी (देवचुली), १ कात्तिक । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नं. १० मा रहेको पृथ्वी माध्यमिक विद्यालयमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता भएको छ ।
पृथ्वी मावि, जागृति बाल तथा युवा सरोकार नेपाल र कन्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालन भएको किशोरी शसक्तिकरण कार्यक्रमको आयोजनामा प्रतियोगिता भएको संगम भुसालले बताईन ।
कक्षा ६ देखी १२ सम्मका ७ समुहमा विभाजन पश्चात अव हाजिरी जवाफको प्रतियोगितामा समुह ३ प्रथम, समुह ७ दोस्रो र समुह ६ तेस्रो भएको थियो ।
विजयी समूहहरुलाई विद्यालयका शिक्षकहरु, जागृति बाल तथा युवा सरोकार नेपालका प्रतिनिधीहरु र किशोरीहरुले पुरस्कार वितरण गरेका थिए ।



सम्बन्धित
Loading...