हात्ती आक्रमणबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सरोकारवाला सहमत

165








कात्तिक २, २०७६

कञ्चनपुर  : जंगली हात्तीको आक्रमण बाट हुने मानविय क्षति न्यूनिकरणका लागि अपनाउनु पर्ने सावधानी बारे शुक्रवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आयोजित कार्यक्रमका सहभागीहरु सहमत भएका छन।




गत असोज २९ गते जंगली हात्तीको बथानले आक्रमण गरी नगरपालिकाको वडा नं १ का ६५ बर्षिय वलदेव बोहराको ज्यान लिएपछि नगरपालिकाको आयोजनामा छलफल कार्यक्रमको आयोजना गरिएको हो।  छलफल कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभाका सदस्य लाल बहादुर खड्काले हात्तीको कारण मानविय क्षति भएपछि त्यस क्षेत्रमा त्रास फैलिएको बताए। उनले हात्ती प्रभावित क्षेत्रमा शुरक्षा गस्तीलाई प्रभावकारी रुपमा परिचालन गरी जनताको जीउधन जोगाउनका लागि कार्य अगाडी बढाउनु पर्ने बताए।

प्रदेश सरकारका तर्फ बाट दीगो रुपमा हात्ती नियन्त्रणका के गर्न सकिन्छ , त्यसका लागि तयार रहेको बताए।  प्रमुख जिल्ला अधिकारी शुशिल बैद्यले हात्ती प्रभावित क्षेत्रमा शुरक्षा निकायलाई जुनसुकै बेला पनि परिचालन हुन सक्ने गरी व्यवस्था गरिएको बताए। शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले  नगरपालिकाका १२ वटा वडा मध्ये १० वटा वडा जंगली हात्ती प्रभावित रहेको बताए।  स्थानिय किसानले लगाएको तरकारी, धान र उखु खेतीमा ६५ प्रतिशत हात्तीकै कारण नोक्सानी भएको छ उनले भने,  ‘जस बाट दुई सय बढी परिवार प्रभावित भएका छन।

’  हात्तीले दिएको सास्तीका कारण किसान परिवार भोक भोकै मर्ने अबस्थमा पुगेकाले सबै निकाय बाट हात्ती नियन्त्रणका लागि प्रयास गरिनु पर्ने उनले बताए।  विगतका बर्षहरुमा हात्ती आउथे अन्नबालीमा नोक्सानी पुरयाउथे उनले भने, ‘यस पटक ज्याननै लिएको छ। जनता भयभित भएका छन।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडयालले जंगली हात्ती भगाउनका लागि रातीका बेला समेत कर्मचारी सुत्न नपाएको बताए। हात्तीको बथान जिल्लाको भारत संग सीमा जोडिएको दुधुवा नेशनलपार्क हुदै निकुञ्ज भएर चुरे क्षेत्र तर्फ जाने भएकाले विच विचमा हात्तीले हिडने पुराना जैविक मार्गमा मानव बसोवास भएकाले हात्तीले क्षति गर्दै आएको उनले बताए।

निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दालाई हात्ती भगाउनका लागि आगो बाल्न पोष्ट पोष्ट बाट दाउराको व्यवस्था मिलाईने उनले बताए। उनले ५० बढीको संख्यामा भारतीय दुधुवा नेशनल पार्क बाट छिरेको हात्तीले स साना बथान मा घुम्न थालेकाले नियन्त्रण गर्न चुनौती भैरहेको बताए। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय मानन्धरले हात्ती भगाउनका लागि ड्रोन उडाउने, प्लाष्टिको गोली प्रहार गर्नका लागि सम्बन्धित निकाय संग कुरा भैरहेको उनले बताए।

कार्यक्रमका अन्य सहभागीहरुले दिउसो वन क्षेत्रमा सुत्ने गरेको हात्तीको झुण्डले राती हुना साथ विना आवज खेतमा प्रवेश गरी बालीनाली सबै खाएर र खुट्टाले कुल्चेर सखाप पार्दै आएकाले नियन्त्रण गरिदिन सम्बन्धित निकाय संग आग्रह गरेका छन।  ठाउ ठाउमा मचानको व्यवस्था संगै, साईरन जडान र इलेट्रिक फेन्सको व्यवस्था गरिदिनसमेत स्थानियको माग छ।



You might also like
Loading...