समाचार डोटीमा बस दुर्घटना, १० घाइते


डडेलधुराबाट महेन्द्रनगरतर्फ गइरहेको बस डोटीको गरुडमामा दुर्घटना भएको छ । भीम दत्त राजमार्गको जोरायल गाउँपालिका वडा नं २ को गरुडमामा ना ४ ख ८२३५ नम्बरको बस दुर्घटना भएको हो ।




दुर्घटनामा १० जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुलाई उपचारका लागि पद्मा अस्पताल लगिँदै छ । दुर्घटनामा बस सडकबाट १० मिटर तल खसेको थियो ।





सम्बन्धित
Loading...