जनताले नेता विगारेः मन्त्री पुन

कावासोती । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले जनताले नेता विगारेको आरोप लगाएका छन् । शनिबार पूर्वी नवलपरासीको कावासोतीमा ब्रह्माकुमारी राजयोग केन्द्र, कावासोतीको रजत जयन्ती तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै नेपालमा सकरात्मक चिन्तन भएका र चरित्रवान नेताको खडेरी नै लागेको बताए ।
उनले भने – चुनावको बेला जनताले पैसाको पछि लागेर धेरै पैसा खर्च गर्ने पैसा बाड्न सक्ने नेतालाई मतदान गर्ने परिपार्टीको विकास हुँदा चरित्रहिन नेताले स्थान पाएको हो ।

उनले खर्चिलो निर्वाचन प्रणालीको आलोचना गर्दै खर्चिलो निर्वाचन प्रणालीकै कारण बढी खर्च गर्न सक्ने नेताले टिकट पाउने र सत्मार्गमा लागेका नैतिकवान नेताले टिकट पाउन नसकेको समेत बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका सदस्यहरु रोशन बहादुर गाहा, जनकलाल श्रेष्ठ, ओमकला गौतम, नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखे्रल लगायतले शुभकामना राखेका जिथए । कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कावासोतीकी संचालीका ब्रमकुमारी जमुना कण्डेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मन्त्री पुनले जीवनलाई सार्थक बनाउन बोल्नेशैलीदेखि जीवनयापन गर्ने शैलीमा समेत सुधार गर्न नितान्त आवश्यक रहेकोमा जोड दिए ।
कावासोतीको फलफूल चोकबाट सभापति चोकहुँदै कुमारवर्ती क्याम्पससम्म झ्याँकी सहित र्याली निकालिएको थियो ।
भवन उद्घाटन कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कावासोतीलाई सहयोग गर्नेलाई सहयोगीहरुलाई सम्मान सम्मेत गरेको थियो ।