सरावलको गाउँ स्तरीय फुटबलमा अहिरौली विजयी

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका २ मनरीमा भएको अण्डर २० गाउँ स्तरीय फुटबल प्रतियोगिताको उपाधि सरावल २ अहिरौलीले जितेको छ ।
आइतबार भएको सरावल २ तिलौली र सरावल २ अहिरौलीबीचको फाइनल खेलमा १–० गोल अन्तरले अहिरौली विजयी भएको हो ।
प्रतियोगितामा २५ टिमको सहभागिता रहेको थियो ।
त्यसैगरी तेस्रो स्थानका लागि भएको रामग्राम कुनवारे र सरावल ३ पटनी बीच भएको खेलमा पटनी विजयी भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई नगद रु १० हजार, ७ हजार र ४ हजार सहित प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।