पोखरा मालपोतबाट घूस रकमसहित दुई जना पक्राउ




अख्तियारको टोलीले पोखराको लेखनाथस्थित मालपोत कार्यालयबाट घूससहित दुई जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले सेवाग्राहीसँग घूस लिएको आरोपमा मालपोत कार्यालय लेखनाथका खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनोहरी भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीको जग्गा नामसारी गर्न दुई दिनदेखि आनाकानी गरिरहेका खरिदार पौडेल र लेखापढी व्यवसायी भट्टराईलाई १२ हजार रुपैयाँ घूस लिँदै गर्दा नियन्त्रणमा लिइएको अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।




‘मृतक आमाको नामबाट छोराको नाममा जग्गा नामसारी गर्न मालपोत कार्यालय पुगेका सेवाग्राहीसँग दुई दिनदेखि आनकानी गरेको भन्ने उजुरीका आधारमा खटिएको टोलीले पक्राउ गरेको हो,’ उने भने, ‘अख्तियारको टोलीले उनीहरूलाई आज साँझ घूससहित रंगेहात पक्राउ गरेको हो ।’



सम्बन्धित
Loading...