तम्सरिया साना किसान सहकारी चोरमाराको सातौं साधारण सभा

342








गंगा विश्वकर्मा –
चोरमारा । नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चोरमारामा रहेको तम्सरिया साना किसान कृषि सहकारी संस्थाको सातौं बार्षिक साधारण सभा सोमबार भएको छ ।
साधारण सभामा बोल्दै मध्यविन्दु नगरपालिकाका उपप्रमुख ओमकुमारी महत्तोले साना किासन कृषी सहकारीले बिशेष गरी कृषकहरुको आवश्यक्तालाई मध्यनजगर गर्दे सहकारी संचालन गरेकोमा खुसी व्यक्त गरे ।
उनले महिलाहरुले यसबाट अधिकतम लाभ उठाइ आफ्नो जीवनस्तर उकास्न पनि आग्रह गरे ।
संस्थाका अध्यक्ष नन्द कुमारी महत्तोको अध्यक्षता भएको कार्यक्रममा बार्षिक प्रतिवेदन अध्यक्ष महत्तोले सातौ साधारण सभासम्म आइपुग्नका लागि धेरै उत्तारचढाबहरु सहनुपरेको बताए ।
कार्यक्रममा मध्यविन्दु नगरपालीका सहकारी प्रमुख बिष्णु प्रसाद शर्मा लगायत सहकारी सस्था संग आबद्ध प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारी सस्थाका करिब २ सय जना सदस्यहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन सस्थाका सचिब कविता अर्यालले गरेका थिए ।






You might also like
Loading...