युवकको हत्या आरोपमा दुईजना महिला पक्राउ





सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ मा एक युवकको हत्या भयो। बाह्रबिसे नगरपालिका ४ का जीवन थापा शव मलखादमा पुरिएको अवस्थामा फेला पर्‍यो।

हत्या गरेर उनको शव मलखादमा पुरिएको प्रहरीले अनुमान लगायो।  मृतक लामोसाघु जिरी सडकखण्डमा कार्यरत जेसिभि हुन्।




प्रहरीले हत्याको आरोपमा सुनकोशीकै प्रतिमा विश्वकर्मा र जुना कार्की पक्राउ गरेको छ। घर छेउकै जंगलमा लुकिरहेको अवस्थामा प्रतिमालाई पक्राउ गरिएको डिएसपी माधव काफ्लेले जानकारी दिए।

पक्राउपछि उनीमाथि अनुसन्धान भइरको उनले बताए।  थापा शुक्रबार बेलुकाबाट हराएका थिए। उनको साथीले हराएको उजुरी गरेपछि प्रहरीले खोजी गरेको हो। प्रहरीले खोजी गर्दा आइतबार उनी मृत्य भेटिएका थिए।




सम्बन्धित
Loading...