पाल्पामा जनप्रतिनिधिले कुटे मजदुर





पाल्पा, ४ कार्तिक । पाल्पामा वडा सदस्यले एक मजदुरलाई कुटेका छन् । तिनाउ गाउँपालिका ६ का वडा सदस्य चुन्न बहादुर बिष्टले  काम लगाएर ज्याला माग्न गएका  ५१ बर्षिय मनबीर नेपाली लाई कुटपिट गरेका हुन् ।

बिष्टको कुटाईबाट नेपालीको अनुहारमा निलडाम संगै सुन्निएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बिष्टको गोठ बनाउँदा आफूले पाउनुपर्ने १२ हजार माग्न जाँदा उल्टै मुक्का र लात्तीले हानेको नेपालीले गुनासो गरे ।




जातिय गालीगलौच गर्दे कुटपीट गरेको आरोपमा नेपालीले वडा सदस्य विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालय पाल्पामा सोमबार निवेदन दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

नेपाली काग्रेस बाट निर्वाचित वडा सदस्य बिष्टले भने पहिले नेपालीले आफूमाथि आक्रमण गरेपछि प्रतिकार मात्रै गरेको बताए ।




सम्बन्धित
Loading...