प्रधानमन्त्री र म समझदारीमै छौं : प्रचण्ड

148








पाँचथर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको बताएका छन् । आलोपालो प्रधानमन्त्रीलाई लिएर नेकपाका दुई अध्यक्षको दुरी बढेको आशंका भइरहेका बेला प्रचण्डले भने हल्लाको पछाडि नलाग्न आग्रह गरे ।




पाँचथरमा कार्यक्रम प्रशिक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी एकता गर्ने भएका समझदारीहरु कार्यान्वयनका क्रममा रहेको बताए ।

उनले अघि भने, ‘मुलभूत रुपमा सहमति कार्यान्वयनमा अगाडि बढिरहेका छौं । अरु सबै समझदारीहरु महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुन्छन् ।’

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार मात्र आफ्नो दुई घण्टा कुराकानी भएको उनले सुनाए ।



You might also like
Loading...