वृद्ध आश्रमलाई सहयाेग गर्न बाल क्लबले देउसी भैलाेे खेल्ने
कावासोती, कार्तिक ५ । कावासोती ३ मा अवस्थित कावासोती सेन्ट जोसेफ विद्यालयले कावासोती १२ मा रहेको बृद्धाश्रम सहयोगार्थ एवम कावासोती नगरपालिकालाई बालमैत्री समाज निर्माणको लागि बालमैत्री देउसी भैलो कार्यक्रम २०७६ आयोजना गर्ने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
कडा अनुशासनमा संस्कार सहितको व्यवहारीक शिक्षा भन्ने उदेश्यका साथ एचिभर्स ग्रुपको नयाँ व्यवस्थापनमा संचालित विद्यालयले बालबालिकाहरुको चौतर्फी विकासको लागि विद्यालयमा मात्र शिक्षा लिने र दिने मात्र नभई विद्यार्थीहरुलाई कला धर्म र संस्कृतिको बारेमा समेत जानकारी गराउन बालबालिकालाई देउसी भैलो कार्यक्रम संचालन गर्न लागीएको सेन्ट जोसेफ स्कुलका प्रिन्सीपल कमल चापागाईले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
उहाँले देउसी भैलोबाट संकलित रकमलाई कावासोती १२ मा रहेको बृद्धाश्रमलाई सहयोग गरीने र कावासोती नगरपालिकालाई बालमैत्री नगरपालिका निर्माणका लागी खर्च गरीने जनाईएको छ ।
विद्यालयमा गठन गरीएको सेन्ट जोसेफ बालक्लव, सेन्ट जोसेफ कला साहित्य तथा साँस्कृतिक क्लवको आयोजना तथा विद्यालयको व्यावस्थापनमा बालमैत्री देउसी भैलो कार्यक्रम आयोजना गरीएको प्रिन्सीपल चापागाईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । जानकारी दिदै क्रियाकलाप सँगै यहाँका प्रकृति, समाजको संरचना, विभिन्न चाडपर्वहरुको बारेमा जानकारी र स्थानहरुको बारेमा स्थलगत भ्रमण, अतिरिक्त क्रियाकलापमा सहभागिता र यस स्थानमा सञ्चालन हुने विभिन्न सामाजिक क्रियाकलापमा समेत सहभागिता गराउने लक्ष्यका साथ देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको जानकारी गराईएको छ ।
विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत विशुद्ध बालबालिकाहरुको विकासको लागि उनीहरुको सहभागितामा नै बालमैत्री देउसी भैलो कार्यक्रम सञ्चालन गरिने जनाईएको छ । दैसी भैलो कार्तिक ७ गते विद्यालय परीसरबाट शुरु गरी देवचुली र कावासोतीका विभिन्न १५ स्थानमा १० गते सम्म संचालन गरीने कार्यक्रम संयोजक विकास थापाले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा लक्ष्मि नारायण बृद्धाअाश्रमका अध्यक्ष तारा भण्डारी , एचिभर्ष ग्रुपका निर्देशक प्रदिप भुसाल, सेन्टजाेसेफ कला साहित्य र सस्कृति क्लबकि अध्यक्ष एजिला पाण्डे देउसि भैलाे सम्याेजक विकास थापाकाे समेत सहभागिता रहेकाे कार्यक्रम बाल क्लवकि सुनिता पाैडेलकाे अध्यक्ष्ातामा सम्पन्न भएकाे थियाे ।