गण्डकी प्रदेशका प्रधानाध्यापकहरुको नेतृत्व विकास तालिम सम्पन्न




प्रेम न्यौपाने –

दमौली ६ कार्तिक ।  गण्डकी प्रदेशका विभिन्न पाँच जिल्लाका प्रधानाध्यापकहरुको नेतृत्व क्षमता विकास सम्बन्धि १० दिने तालिम बुधबार शिक्षा तालिम केन्द्र दमौली तनहुँमा सम्पन्न भएको छ ।




गत असोज २७ गतेदेखि तालिम केन्द्रमा शुरु भएको तालिमको पूर्व महिला तथा बालबालिका मन्त्री एवं गण्डकी प्रदेश सांसद आशा कोइरालाले एक समारोहका वीच समापन गर्नुभएको हो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व मन्त्री कोइरालाले तालिममा सहभागी प्रधानाध्यापकहरु लाइ शिक्षा क्षेत्र र राष्ट्रप्रति जवाफदेहि हुन आग्रह गर्नुभएको छ । ‘सामुदायिक विद्यालयमा कार्यरत शिक्षक दक्ष र तालिमप्राप्त छन, त्यसैले सामुदायिक विद्यालयको गुणस्तरमा सामुदायिक विद्यालय पछाडि पर्नु हुन्न’ कोइरालाले भन्नुभयो ।

विद्यालयको भौतिक वातावरण तयार गर्ने दायित्व राज्यको हुने बताउँदै वहाँले विद्यालयको शैक्षिक र प्रशासनिक वातावरण तयार नेतृत्व गर्ने जिम्मेवारी विद्यालयका प्रधानाध्यापकको हुने बताउनुभयो ।

तालिम केन्द्रका प्रशिक्षक प्रकाश देवकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो ।तालिममा सहभागीको तर्फबाट नवलपुरका दिपकनाथ घिमिरे र गोरखाका शान्ता सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सन्चालन तालिमकेन्द्रका प्रशिक्षक दामोदर कार्कीले गर्नुभएको थियो । तालिममा नवलपुर, तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका ५० जना प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...