ऋण दिएर रकम माग्न जाँदा गाेली हानी हत्या
जनकपुरधाम, कार्तिक ६ ।
जनकपुरधाममा आज बिहान गोली प्रहार गरेर एक जनाको हत्या गरिएको छ ।
आफूले दिएकाे ऋण उठाउन जाँदा गाेली हानी हत्या भएकाे हाे ।
आज बिहान करीब १० बजे तिर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियाका पंकज चौधरीले गोली चलाउँदा जनकपुरधाम वडा नम्बर १ बस्ने मनोज साहको मृत्यु भएको हो ।
मनोजसँग पंकजले ऋण लिएकाले त्यही ताकेता गर्न जाँदा गोली हानी हत्या गरेका हुन् ।
गोली प्रहारबाट मृत्यु भएका मनोजको शव परीक्षणका लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ । गोली प्रहार गरेका चौधरी जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन् ।
प्रहरी हिरासतमा रहेका चौधरिको साथ बाट प्रहरीले एक थान अटोमेटिक पिस्तौल र त्यसमा लाग्ने गोली १९ थान र एक थान नलकटुवा पिस्तौल र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद गरिएको छ ।
