झिलिङा बनाइ बेच्न भ्याइ नभ्याइ

318








विवेक भण्डारी –




नवलपुर । तिहारका लागि आवश्यक पर्ने झिलिङ्गा बनाइ बेच्न नवलपुरका स्थानीयलाई भ्याइ नभ्याइ भएको छ ।
तिहारमा भाइटिकामा दिदीभाइले दाजुभाईलाई खाने दिने परिकार मध्ये झिलिङ्गा पनि एक रहेको र यसको माग पनि बढी हुने हुँदा अहिले झिलिङ्गा बनाइ बजारमा पठाउन स्थानीयलाई भ्याइ नभ्याइ भएको कावासोती गोडारका ठाकुर महतोले बताए ।
तिहारमा अरु भन्दा झिलिङाको आवस्यकता बढि रहेको र तिहार पर्व झिलिमिली पर्व भएको कारण पनि फरक फरक रङका झिलिङाको माग बढि आउने गरेको व्यवशायि महतोले बताए ।


उनले तिहारको समयमामा मात्र करिव ५० हजार बराबरको झिलिङाको व्यापार गर्ने गरेको बताए । यो बाहेक नवलपुरको गैडाकोट,देवचुली संगै अरुणखोलामा उद्योग नै संञ्चालन गरि झिलिङा बनाइ बेच्ने गरेका छन ।

पहिलेको वर्षमा जिल्लामा यसको उत्पादन त्यति नहुने भए पनि अहिले यो व्यवशायमा स्थानिय लागि परेको देखिएको छ । उनिहरुले उत्पादन गरेको झिलिङा स्थानिय बजार संगै जिल्ला बाहिरका शहरहरुमा पनि पठाउने गर्दछन ।



You might also like
Loading...