बुटवलको अमरपथलाई बुटवलको दिपावली महोत्सवको तयारी पुरा


कात्तिक । बुटवलको अमरपथलाई बुटवलको मुख्य व्यापारिक थलोको रुपमा परिचित गराउन आयोजना गरिने बाह्रो अमरपथ दिपावली महोत्सवको तयारी पुरा भएको छ ।



अमरपथ टोल बिकास समितीले दिपावलीको अवसरमा आयोजना गर्ने सो महोत्सव यहि कात्तिक ८ गतेदेखि १० गतेसम्म ३ दिन गर्न लागिएको हो ।
अमरपथ प्रहरी बिट देखि मल्ली कम्प्लेक्स सम्म बिशेष साजसज्जा गरि लक्ष्मी भित्र्यानका लागि पनि दिपावली महोत्सव गरिने संयोजक गकुल विश्वकर्माले जानकारी गराउनु भयो । आयोजक समितीले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी गराएको हो । मेलामा लियो क्लव अफ बुटवल तिलोत्रमासंगको सहकार्यमा लक्ष्मी पुजा तथा लोकसंस्कृती झल्कीने सांस्कृतिक कार्यक्रमहरु गरिने उहाँले जानकारी गराउनु भयो ।
सांस्कृतीक कार्यक्रमका लागि राष्ट्रिय स्तरका दिपक बज्राचार्य, देवीका बन्दना, सागर थापा काजी, बिरेन्द्र अग्रहरी तथा स्थानीय कलाकाहरुको प्रस्तुती रहने छ ।



सम्बन्धित
Loading...