नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

237








सरकारको नेतृत्व गरिरहेको दल नेकपा र राष्ट्रिय जनमोर्चाबीच आगामी उपनिर्वाचनमा पनि तालमेल गर्ने समझदारी भएको छ ।

बुधबार यी दुई पार्टीका शीर्ष नेताहरुका बीचमा समझदारी बनेको हो । लिखित समझदारी भने गरिएको छैन ।




नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र चुनावी तालमेलको प्रस्ताव लिएर बालुवाटार पुगेका राजमो अध्यक्ष चित्रबहादुर केसी नेतृत्वको टोलीबीच चुनावी सहकार्य को समझदारी बनेको हो ।

नेकपाले बाग्लुङ क्षेत्र नं. २ को प्रदेश सभा ख मा राजमोलाई सहयोग गर्ने र बाँकी सबै क्षेत्रमा राजमोले नेकपालाई सहयोग गर्नै समझदारी भएको हो ।



You might also like
Loading...