स्काभेटरले किच्दा एक जनाको मृत्यु, चालक फरार


स्काभेटरले किच्दा  बैतडीमा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा मेलौली नगरपालिका ५ पेलेका ५५ वर्षीया शुक्र सिंह पुजारा रहेका छन्।



मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ।

लामालेक– ढणौन सडक निर्माण पछी घर निर्माणको लागि खन्नका लागि ल्याउदै गरेका अवस्थामा बिहीवार बिहान ८ बजे पेले भन्ने ठाउँमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिए।

 



सम्बन्धित
Loading...