महरा ७ दिन हिरासतमै रहने, महराको डिएनए परिक्षण गराउन अदालतको आदेश
काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बिहीबारबाट लागू हुनेगरी ७ दिनको म्याद थप गरी हिरासतमै अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
न्यायाधीश सुदर्शन राज पाण्डेको एकल इजलासले अनुसन्धानका लागि ७ दिनको म्याद थप गर्न आदेश दिएको हो । दोस्रोपटक म्याद सकिएपछि महरालाई आज अदालत उपस्थित गराइएको थियो । अदालतले तेस्रोपटक म्याद थप गरेको हो । महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।
अदालतले महराको डिएनए समेत परिक्षण गराउन आदेश दिएको छ । यसअघि प्रहरीले डिएनए परिक्षण गराउन खोजेपनि महराले मानेका थिएनन् ।