डोजरचालकलाई उक्साएको आरोपमा तीनजना विरुद्ध ज्यानमुद्दा

150








बैतडीको दशरथचन्द नगरपालिका– ९ को ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिलालाई हुत्याएको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

डोजरचालकलाई उक्साएको आरोपमा डोजरमालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।




जिल्ला अदालतबाट आज सात दिनको म्याद थपेर उनीहरूमाथि अनुसन्धान जारी रहेको उनले बताए । उनीहरूलाई लागेको आरोप प्रमाणित भएमा कानुनअनुसार कारबाही हुने प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए ।

यसअघि डोजर चालक किशोर बोहरालाई अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका क्रममा दुई पक्षबीच झडप हुँदा डोजरले स्थानीय गौरी जोशीलाई हुत्याएको थियो ।

सुन्नाखानदेखि पार्ससम्म सडक निर्माणका क्रममा निर्माण पक्षले जबर्जस्ती गर्दा घटना भएको जमिनवाला पक्षले आरोप लगाएको छ । तर निर्माण पक्षले भने जमिनवाला पक्षले पहिला ढुंगामुढा गरेको आरोप लगाएको छ ।



You might also like
Loading...