पौडेलका कारण कांग्रेस बैठक स्थगित

उपचुनावका लागि उम्मेदवार छनोटबारे छलफल गर्न बोलाएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।
नेताहरु भने दिनभर सानेपास्थित पार्टी कार्यालयमा थिए । विभाग थप गर्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति हुन नसकेपछि केन्द्रीय समितिको बैठक प्रभाभित भएको हो ।