ज्यान मुद्दाका अभियुक्त १३ वर्षपछि पक्राउ





कात्तिक ८, २०७६

सल्यान : सल्यानमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन्।


जिल्लाको साविक काभ्रा गाविस ३ आरुचौर निवासी ३६ वर्षीय बमबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा फरार प्रतिवादी डिलबहादुर पुन पक्राउ परेका हुन्। २०६३ सालमा पुन लगायतका सात जनाले विकको घरमा आई डर त्रास, धाक, धम्की देखाई कुटपिट गरी हत्या गरी फरार भएका थिए।

फरार पुनलाई त्रिवेणाी गाउँपालिका १ काभ्रास्थित लुहाम काभ्रा सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पुनलाई इलाका प्रहरी कार्यालय लुहामको हिसारतमा राखी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

घटनामा संलग्न अन्य छजना अझै फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।




सम्बन्धित
Loading...