नवलपरासीमा आफ्नै आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ




आफ्नै आमाको हत्या गरेको अभियोगमा नवलपरासीको सरावल गाउँपालिका-३ गोहीनीबाट शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको छ ।

६५ वर्षीया कैलाशी देवी लोनीयालाई कुटपिट गरी हत्या गरेको अभियोगमा ४४ वर्षीय दीर्घ नारायण लोनियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।




गत असोज ३० गते घरायसी विबादका क्रममा दीर्घ नारायणले कुटपिट गर्दा बिरामी भएकी कैलाशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलाशीलाई जिल्ला अस्पताल परासीबाट थप  उपचारको लागि गौतम बुद्ध मुटु अस्पताल बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले दीर्घ नारायणलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...