उपनिर्वाचनका लागि आचारसंहिता लागु, ‘उल्लङ्घन भए कारबाही’

178








प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यका रिक्त पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आचारसंहिता शुक्रवारबाट कार्यान्वयनमा आएको निर्वाचन आयोगले जनाएको छ।




उपनिर्वाचन ३७ जिल्लामा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदपूर्तिका लागि हुने कार्यक्रम छ। आयोगका अनुसार आचारसंहिता उपनिर्वाचन हुने निर्वाचन क्षेत्र वा स्थानीय तहमा लागु हुने र नेपाल सरकार, कर्मचारी, राजनीतिक दल, उम्मेदवार र सञ्चारमाध्यमहरूले पालना गर्नु पर्नेछ।

आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठले भने, “विगतका चुनावमा देशभरि नै आचारसंहिता लागु हुन्थ्यो।” “यसपटक उपनिर्वाचन हुने क्षेत्र र स्थानीय तहमा मात्रै आचारसंहिता लागु भएको छ।” तर जिम्मेवार पदमा आसीन नेता वा अधिकारीहरूले देशभर नै कुनै दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाइने श्रेष्ठले बताए।

उनले आचारसंहिता २०७२ र २०७३ का प्रावधान सबैले पालना गर्नु पर्ने र उल्लङ्घन गरेमा निर्वाचन ऐन बमोजिम कानुनी कारबाही हुने बताए।



You might also like
Loading...