पूर्वसभासद कमला सुवेदीको निधन


९ कात्तिक, काठमाडौं । ब्रेन ट्युमरको समस्याबाट पीडित पूर्वसभासद कमला सुवेदीको निधन भएको छ । तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो ।




शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ । सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन् । उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुगेका छन् ।

रामेछापको बाबियाखर्क माइती र मन्थली नगरपालिका वडानम्बर १ घर भएकी सुवेदी रामेछाप-काठमाडौं सम्पर्क समितिको संयोजकसमेत बनेकी थिइन् । उनका श्रीमान्, एक छोरी, एक छोरा छन् ।





सम्बन्धित
Loading...