नेवा गुठीले ११ गते नेपाल सम्वत नयाँ बर्ष मनाउने

नवलपरासी, ९ कात्तिक । नवलपुरका नेवा गुठीहरुले कात्तिक ११ गते नेपाल सम्वत मनाउने भएका छन् ।
नेपाल सम्वत नेपालको मौलिक सम्वत हो । यो सम्वत नेपालका राष्ट्रिय विभुती शंखधर स्वाखाले गरिव जनतालाई ऋण मोचन गरेको सम्झनामा राखिएको हो ।
यो नेपालको राष्ट्रिय सम्वत भए पनि अहिले नेवार समुदायले बढी मान्ने गर्दछ भने नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको सरह कामकाजी सम्वतको रुपमा चलाउनु पर्ने आवाज उठेको छ ।
यसैबीच कावासोतीमा नेपाल सम्वतको अवसरमा कावासोती ३ मा रहेको नमुना सदरमुकाम क्षेत्रमा रहेको देवचुली भिमसेन गुठीबाट गोडारसम्म र्याली गरेर मनाइने भएको छ ।
नेपाल सम्वत नयाँ बर्षको अवसरमा नेवार समुदायले देश भर र्याली सहित विविध सांस्कृतिक कार्यक्रम गरेर मनाउने भएको छ ।
विक्रम सम्वत अनुसार कात्तिक १२ गते भाई टिकाको दिनबाट नेपाल सम्वत ११४० शुरु हुँदै छ ।
नेवारी भाषमा न्हूदँया भिंतुना भनेर नयाँ बर्ष नेपाल सम्वत मनाइने चलन रहेको छ ।