थारु समुदायको अधिकारका लागि अन्तरक्रिया





सन्ध्या महतो –
बर्दघाट, ९ कार्तिक । थारु पत्रकार संघ नेपाल, जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा शनिबार थारुहरुको हक, अधिकार र पहिचानमा हाम्रो दायित्व ? विषयक अन्र्तकृया कार्यक्रम भएको छ ।
संघकी जिल्ला अध्यक्ष रेनुका चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु अगुवा पुरन प्रसाद चौधरीले थारु, आदिवासीको हक, अधिकारका लागी भैरहेका आन्दोलनलाई अवका थारु समुदायका युवाहरुले ग्रहण गरीरहेको बताउदै थारु पत्रकारहरुलाई हाम्रो समुदाय कुन विषयमा पछी परेको भन्ने कुरा तर्फ ध्यान दिई कलम चलाउन आग्रह गरे ।
कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघका अध्यक्ष देवराज चौधरीले थारुहरुले आफ्नो रीतिरीवाज भुल्दै अरुको रीतीरीवाज अपनाउदै गएको गुनासो गर्दै आफ्नो रीतिरिवाज नभुल्न आग्रह गरे ।
कार्यक्रममा थारु कल्याणरीणी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका प्रसाद चौधरीले थारुहरुको हक, अधिकार र पहिचानमा पहुँच पु¥याउन थारु बुद्धजीवी, युवाहरुमा एक प्रकारको नशा नै छाएको बताए ।




सम्बन्धित
Loading...