बाकुबाट स्वदेश फर्कंदै प्रधानमन्त्री ओली

286








प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश आइपुग्दैछन् । असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकु पुगेका प्रधानमन्त्री ओली सम्मेलन सकाएर आज स्वदेश फर्कन लागेका हुन् ।




प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्री ओली कतार एयरवेजको नियमित उडानमार्फत दोहा हुँदै आइतबार बिहान १०ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।



You might also like
Loading...