जीपबाट खस्दा किशोरको मृत्यु

धनगढी । बैतडीमा चलिरहेको जिपबाट खस्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ७ किम्तोलीका १५ वर्षीय सुवास चन्दको जीपबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
देउसी भैलो सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते
वाइक रुखमा ठक्कर खाँदा कावासोतीका एक जनाको मृत्यु, ३ जना…
घटना शनिबार साँझको भएको प्रहरीले जानकारी दिएको छ । किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज १६८ नम्बरको जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्दको खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेयले जानकारी दिए । प्रहरीले चालकलाई पक्राउ गरेको छ ।