पश्चिम नवलपरासीमा दुर्घटना हुदा ४ जना घाइते




उर्मिला यादव –

पश्चिम नवलपरासीको हरकटटा परासी जाने महमाइ सडकखण्डमा सवारीसाधन दुर्घटना हुदा ४ जना घाइते भएका छन । इलाका प्रहरी कार्यालय सुनवलका अनुसार सोमबार दिउसो तीन बजेतिर हरकटटा बाट परासी जादै गरेको लु ४६ प २५५ नम्बरको मोटरसाइकलले रोकी राखेको लु ४६ प ४६५३ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा ४ जना घाइते भएका हुन ।




घाइते हुनेमा लु ४६ प २५५नम्बरको मोटरसाइकल चालक रामगा्रम नगरपालिका १२ बस्ने १९ बर्षिय इन्दन भर र मोटरसाइकल पछाडि सवार सोहि स्थान बस्ने १९ बर्षिय बिजय कुर्मी घाइते भएका हुन ।

यस्तै गरी दुर्घटनामा लु ४६ प ४६५३ नम्बरको मोटरसाइकल चालक सुनवल नगरपालिका १२ भुमही बस्ने अजय गुप्ता र मोटरसाइकल पछाडि सवार रामग्राम नगरपालिका १२ बस्ने रोहित  चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।



सम्बन्धित
Loading...