बलात्कार अभियोगमा आरआर क्याम्पसका विद्यार्थी नेता पक्राउ




बलात्कार अभियोगमा काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहांग राई पक्राउ परेका छन् ।

प्रहरीले उनलाई बलात्कार अभियोगमा आज बिहान पाँच बजे पक्राउ गरेको हो ।




महानगरीय प्रहरी वृत्त वौद्धले उनलाई जोरपाटीवाट पक्राउ गरेको हो । आरआर क्याम्पसका स्ववियु सहसचिव भएको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र वोगटीले जानकारी दिए ।

प्रहरीका अनुसार राईले रत्नराज्य मै अध्ययनरत ती छात्रालाई मध्यरातमा चक्कु देखाएर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरी अनुसन्धान शुरु गरिएको हो ।



सम्बन्धित
Loading...