नेपाल सम्वतलाई सबै नेपालीको सम्वतको रुपमा स्थापित गर्नुपर्छः उपप्रधानमन्त्री




उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल सम्वतलाई सबै नेपालीले स्वीकार गर्न सक्ने सम्वतको रुपमा स्थापित गर्नुपर्ने बताएका छन्।  नेपाल सम्वत ११४० न्हुँदँको अवसरमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान थिमिले मंगलवार शंखधरचोकमा आयोजित माल्यापर्ण तथा सम्मान कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले नेपाल सम्वत जनजीविकासँग जोडिएको सम्वत भएको बताउँदै यसलाई सबैको साझा सम्वतको रुपमा स्थापित गर्नुपर्ने बताएका हुन।

‘जनताको जीवनसँग गाँसिएको नेपाल सम्वतको प्रवर्धनका लागि राज्यकोतर्फबाट बहुदलीय व्यवस्थाको स्थापनापछि केही पहल भएको छ,’ उनले भने, ‘नेपाल सम्वतलाई आमजनस्तरमा बुझ्न सक्ने, स्वीकार गर्न सक्ने बनाउन र  एउटा समुदाय र भाषीले मात्र अघि बढाएको भन्ने भ्रम कसरी चिर्ने भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ।




उनले नेपाल सम्वतको वैज्ञानिकतालाई स्थापित गर्नुपर्ने अभिभारा र चुनौतीसँगै साँस्कृतिक र समूदाय तथा जाती विशेषको नारामा मात्र नभइ सिंगो नेपालको नेपाल सम्वत हो भन्ने स्थापित गर्ने चुनौती रहेको बताए।

 



सम्बन्धित
Loading...