चितुवाको आक्रमणबाट फेरि बालकको मृत्यु

दमौली । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सात वर्षीय ऋतिक रोका रहेका छन् ।
रकै आँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणमा परी सोमबार राति बालकको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । चितुवाले बालकको कम्मरमुनिको आधा भाग खाएको थियो । बालकको शव घरभन्दा १०० मिटरमाथिको जङ्गलमा भेटिएको थियो ।
घरमा कोही पनि नभएको अवस्थामा चितुवाले बालकलाई आक्रमण गरेर लगेको हुनससक्ने अनुमान गरिएको छ।