साहविरुद्ध बाल यौनदुर्व्यवहार मुद्दा दर्ता





रौतहट । रौतहटको कटहरिया बजारका एक जना व्यवसायीविरुद्ध प्रहरीले बाल यौनदुर्व्यवहारको मुद्दा दर्ता गरेको छ ।

कटहरिया नगरपालिका–५ का ३५ वर्षीय लक्ष्मी साह सोनारमाथि यौनदुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको हो ।




पीडितका बुवाले लिखित जाहेरी दिएपछि आरोपीलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरीएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक तुलसीराम अर्यालले बताएका छन ।

अदालत खुल्ना साथ अभियुक्त साहको म्याद थप गर्ने तयारीमा रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

धनतेरसको साँझ छिमेकीकी १५ वर्षिया छोरी भाडा खरिद गर्न जाँदा साहले जबरजस्ती घरभित्र लगेर यौनदुर्व्यवहार गरेको पीडितको आरोप छ ।

व्यवसायी साहले यसअघि पनि हातहतियार मुद्दामा केही महिना जेलमा बिताइसकेका छन् ।




सम्बन्धित
Loading...