मधेशमा छठ पर्वको राैनक शुरू, आजदेखि छठ पर्व शुरु

254








तिहार सकिए लगतै समृद्घिको पर्व मानिने तराईबासीको महान चाडपर्व छठको तयारी र चहल पहल सुरु भएको छ । आजदेखि छठ शुरू भएकाे छ ।




यहाँका गाउँ, ग्रामिण हाट देखि शहरमा लोकआस्थाको पर्व छठको तयारी र चहलपहल बढेको हो । घर, पसल र बजारमा छठको गित गुन्जिन थालेको छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्ध दिएर सप्तमी तिथिको विहान सम्म गरी ४ दिन सम्म मनाईने छठपर्व विहिबार देखि विधिवत सुरु हुदै छ।

छठ पर्व मनाउन तराई मधेशवासी आवश्यक पुजन सामग्री किन्न हटिया तथा बजार तर्फ भिड लागेका छन् । हटिया र बजारमा छठका सामान किन्नेको घुईचो देखिएको छ । प्रत्येक वर्ष छठ मनाउनेको संख्या बृद्घि भईरहेकाले आवश्यक सामानको जोहो गर्न बजारमा निकै भिड बढेको हो ।

ब्रतालुहरु छठका लागी बासको नाङ्गलो, ढाकि, कोनिया, डगरी, माटोको हात्ती, दियो, ढकना, कोशिया, कुरवार, केरा लगायत फलफुल, उखु, भोगटे, कागती, सखर लगायतका पुजा सामग्री खरिदमा व्यस्त देखिएका छन् ।

तर विगत भन्दा यस वर्ष ति पुजा सामग्रीको भाउ निकै बढेको स्थानियले गुनासो पनि गरेका छन् । यस तर्फ सम्बन्धित निकायले ध्यान दिनु पर्ने उनीहरुको सुझाव र माग पनि छ ।

बजारमा छठ पुजाका सामग्री किनमनेलका साथै छठ मनाउनेहरु विभिन्न पोखरी, तलाव र जलाशयहरुको सरसफाई र सजाउन पनि व्यस्त भएका छन् । जलाशय सरसफाईमा सेना र प्रहरीले समेत सघाएपछि स्थानियलाई सहज भएको छ ।

प्रहरीले छठ पुजा स्थलमा कुनै पनि उच्छृख्ल गतिविधि र अप्रिय घटना हुन नदिन आवश्यक सवै सुरक्षा व्यवस्था मिलाई सकेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए । उनले जिल्ला स्थित सवै पुजाघाटमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन सादापोशाका समेत प्रहरी परिचालन हुने तयारी गरिएको जानकारी दिए ।

पछिल्लो समय छठि घाटको सरसफाई र सजावटमा होडबाजी देखिएको छ । छठ मनाउन सप्तरी सदरमुकाम राजविराजको भगवती पोखरी, तुरन्ती पोखरी, पुर्णी पोखरी, कल्टुदास पोखरी लगायतका स्थानमा घाट सजाउने र सूर्य देवताको मुर्ती निर्माण काम तिब्र बनेको छ ।

छठि घाट सजाउन स्थानिय स्तरमा गठित समितिले पुजा व्यवस्थापनमा लाखौं रुपैया खर्च गर्दै आएका छन् । शनिबार साझ अस्ताउँदै गरेको सूर्यलाई तथा आईतबार विहान उदाउँदो सूर्यलाई अर्ध दिएपछि ४ दिवसीय महान पर्व छठ सम्पन्न हुने छ ।



You might also like
Loading...