राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई

383








राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि उपकप्तानको भूमिकामा रहेका ज्ञानेन्द्रलाई कप्तान बनाएको हो । यस्तै, युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाएका छन् ।




पारस खड्काले असोज २८ मा आकस्मिक रुपमा कप्तानी छाडेयता सिनियर टिम कप्तानविहिन थियो । ज्ञानेन्द्रले यसअघि पारसको अनुस्थिति रहँदा विभिन्न समयमा राष्ट्रिय टिमको कप्तानी सम्हालिसकेका छन् । उपकप्तानको हैसियतमा थुप्रैपटक राष्ट्रिय टिमको नेतृत्व गरिसकेका ज्ञानन्द्रका लागि यो जिम्मेवारी पूर्णतया नौलो हुने छैन ।

उनले २०१७ मा आईसीसी विश्व च्याम्पियन लिगअन्तर्गत टियु ग्राउन्डमा भएको केन्याविरुद्धका दुवै खेलमा नेपालको कप्तानी गरेका थिए । यस्तै, २०१७ मै भएको एसीसी इमर्जिंङ टिम कपमा पनि ज्ञानेन्द्रले कप्तानको भूमिका निर्वाह गरेका थिए ।

दुई महिनाअघि भएको आईसीसी टी२० एसिया कप छनोटमा पनि पारस घाइते भएपछि ज्ञानेन्द्रले नै मलेसियाविरुद्ध कप्तानी सम्हालेका थिए । सो खेलमा कप्तानी इनिङ खेल्दै ज्ञानेन्द्रले कीर्तिमानी अर्धशतकपनि प्रहार गरेका थिए ।



You might also like
Loading...