बारामा ६० हजार घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

247








बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६० हजार रुपैयाँ घुससहित बाराको महागढीमाई नगरपालिकामा रहेको गञ्जभवानीपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक जट्टाशंकर साह कलवारलाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको हो । कपडा ब्यापारीलाई तस्करीको लाइन मिलाई दिने भनी कलवारले घुस मागेको अख्तियार स्रोतले जनाएको छ । प्रनानि कलवारलाई सेवाग्राहीसँग ६० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका–४ मन्दिर चोकबाट रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।






You might also like
Loading...