गुल्मीमा विभत्स हत्या गरी फालिएका तीन शव फेला

279








गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा विभत्स तरिकाले हत्या गरी फालिएका तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय तम्घासका अनुसार हर्राचौरको आलुखरिपाको जंगलमा स्थानीयले ती शव देखेर शनिवार प्रहरीलाई खबर गरेका थिए । कम्तिमा एक साताअघि हत्या गरी फालिएको अवस्थामा तीन जनाको शव फेला परेको हो ।

फोला परेका शव अन्दाजी ३० वर्षीय महिला, अन्दाजी १० वर्षीय बालक र ५ वर्षीया बालिकाको हुनसक्ने अनुमान गरिएको छ ।
शव भेटिए भन्दा झण्डै ५ मिटर माथि पैदल हिँड्ने बाटोमा रगत लागेका ढुंगा फेला परेको स्थानीयले बताएका छन् । महिला र बच्चा सबैको टाउकोमा ढुंगा प्रहारी गरी छियाछिया परेका चोट देखिन्छ ।




घटनास्थलमा अहिले लाका प्रहरी कार्यालय चन्द्रकोटको टोली पुगेको छ ।



You might also like
Loading...