छठमय नेपाल – फोटो फिचर

राष्ट्रपति एवं उपराष्ट्रपतिद्वारा कमलपोखरीमा छठपूजा

पश्चिम नवलपरासी
छठ पर्व पश्चिम नवलपरासीको सदरमुकाम परासी, सहुवाटिकर, सुनवल, स्वाठी, भुमही, खुटहट , बन्जरीया, कुश्मा, महेशपुर, बयरवा, भुजहवा, सोमनी, प्रतापपुर, सुर्यपुरा, गुठीपरसौनी लगायत दक्षिणी भेगमा पनि यो पर्व मनाउने गरीन्छ भने यसको तयारी पनि सबै ठाउमा तीब्र रुपमा भैरहेको सम्बन्धित छठ मेला आयोजक समितीले जनाएका छन ।

अर्घ्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ । नदी र तलाउ किनारहरू छठमय भएका छन् ।
छठमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ ।



त्रिवेणीमा छठ
नवलपरासीको त्रिवेणी नदीमा पनि टठमा अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ।


कावासोतीको टरुवा तालमा छठ
कावासोती ७ मा रहेको टरुवा तालमा छठ पर्वको रौनक छाएको छ । आज छठ पर्वको तेस्रो तथा मुख्य दिन हो । अस्ताउँदै गरेको सूर्य तथा षष्टी मातालाई अर्घ दिने प्रचलज रहेको छ ।


छठ पर्वको रौनक चितवनको नारायणीकिनारमा
छठ पर्वको रोनक चितवनको नारायणीकिनारमा पनि देखिन्छ । परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै मनाइने छठ पर्व नेपाल र भारतका हिन्दूहरुको एक महत्वपूर्ण चाड हो ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्तर्गत परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सुर्यलाई जलाशयमा उभिएर पुजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकिर्तन गर्दै सप्तमिका दिन विहान उदाउँदो सूर्यलाई पूनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । छठका दिन प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलपूmल सुर्य देवता अर्थात दिनानाथलाई चढाइन्छ । अर्घ दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाइ उपवास बस्छन् ।


काठमाठौं
