जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी सनलाईटलाई




अर्जुन अविरल –

कावासाेती । सनलाईट सामाुदायिक विकास केन्द्र डण्डाकाे आयोजनामा डण्डामा भएको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी आयोजक सनलाईट सामाुदायिक विकास केन्द्रले उचालेको छ ।




फाइनल प्रतिस्पर्धामा पितौजी क्रिकेट क्लब गैडाकोटलाई चार रनको रोमान्ञ्चक जित हासिल गर्दै सनलाईटले उपाधी आफ्नो कब्जामा पारेको हो ।
पहिलो व्याटिङ्ग गरेको सनलाईटले १९ ओभर खेल्दै १ सय ११ रन जोडेको थियो । जवाफि ब्याटिङ्गमा उत्रिएको पितौलीले १७ ओभरमा पुरै विकेट गुमाउदै एक सय ७ रनमात्र जोडदा सनलाईटले चार रनको जित निकालेको हो । आजको खेलमा ४३ रन र २ विकेट लिएका सनलाईटका दिलिप कुर्मी म्यान अफ दि म्याच घोषित भएका छन् । प्रतियोगिताको म्यान अफ दि सिरिज भने सनलाईटका किशोर महतो भएका छन् । उनले एक सय १७ र ७ विकेट लिएका थिए ।
प्रतियोगितमा विजेता हुँदै आयोजक सनलाईटले रु ५० हजार, शिल्ड र मेडल प्राप्त गरेको छ । उपबिजेतामा चित्त बुझाउन बाध्य पितौजीले रु. ३० हजार प्राप्त गरेको छ । प्रथम पुरस्कारकाे साैजन्य मध्यविन्दु हरियाली सामुदायिक वन र द्वितीय पुरस्कारकाे साैजन्य साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तथा राजधानी अफसेट प्रेस डण्डाका प्राेपाईटर हरि बहादुर बस्नेतले गर्नु भएकाे थियाे भने ट्रफीकाे साैजन्य गैडाकाेट निवासी विजय बस्नेतले दिनुभएकाे थियाे ।

बिजेता तथा उपविजेताहरुलाई कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथि सङ्घीय सांसद तिलक महत र प्रदेश सभा सदस्य रोशन बहादुर गाहा, नेकपाका केन्द्रीय सदस्य किशन शर्माले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा जिल्ला भरिका २२ टिमको सहभागिता रहेको थियो । समापन कार्यक्रम सनलाईट सामुदायिक विकास केन्द्रका अध्यक्ष गोपाल श्रीपालीको अध्यक्षतामा भएको थियो ।



सम्बन्धित
Loading...