बुंदीकाली ५ मा नेकपाबाट पूर्व अध्यक्षका छोरा उमेद्वार

671








नवलपरासी । नेकपा नवलपुरको आइतबार बसेको जिल्ला कमिटिको वैठकले आगामी मंसिर १४ गते हुने उप निर्वाचनका लागि नवलपुरको बुंदीकाली ५ मा वडा अध्यक्षको उमेद्वारको नाम टुंगो लगाएको छ ।
नेकपा नवलपुरका अध्यक्ष रोशनबहादुर गाहाका अनुसार बुंदीकाली ५ का वडाअध्यक्ष दलबहादुर थरु मगरका छोरा खिमबहादुर थर मगरलाई अध्यक्षको उमेदवा बनाउने भएको हो ।
उनी पूर्व अध्यक्ष दलबहादुरका जेठा छोरा हुन् । नेकपाको बुंदीकाली ५ को सिफारिसको आधारमा उनको नाम नेकपा नवलुरको आइतबारको वैठकले अनुमोदन गरेको गाहाले बताए ।




बुंदीकाली गाउँपालिका ५ का वडाअध्यक्ष दलबहादुर थरूमगरको ह्दयघातका कारण निधन भएको थियो। उनले नेकपा एमालेबाट उमेद्वारी दिएर निर्वाचनमा जितेका थिए। उनी पछिका कार्यवाहक अध्यक्षको पनि पछि निधन भएको थियो ।
मगरले ३८४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मुक्तबहादुर थापा मगरले १५४ मत प्राप्त गरेका थिए।
बुंदीकाली ५ का वडाध्यक्षका लागि हुने निर्वाचनमा नवलपुरमा नेपाली काँग्रेसले आगामी कार्तिक २० गते उमेदवारको नाम टुंगो लगाउने तयारी गरेको नेपाली काँग्रेस नवलपुरका सभापति विष्णु लामिछानेले बताए ।



You might also like
Loading...