म्याग्दी दुर्घटना: चार जनाको मृत्यु, १८ जना घाइते

182








म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा चारजनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।




मृत्यु हुनेमा सतदेवी भट्टचन्द र आयुष जुग्जालीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले बताएका छन्। मृतक २ जनाको भने सनाखत हुन सकेको छैन।

दुर्घटनामा परि १८ जना घाइते भएका छन्। घाइतेको दरवाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि बेनी अस्पतालमा ल्याउने तयारी भइरहेको जनाइएको छ।

दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना भएको हो। प्रहरी निरीक्षक शर्माका अनुसार मृतकको शव गाडीले च्यापिएको अवस्थामा भेटिएका थिए।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीय उद्धारमा जुटिरहेका छन्। बसमा ३० जना यात्रु रहेको बुझिएको छ। मोबाइल नेटवर्कले काम नगरेकाले दुर्घटनास्थलमा सम्पर्क हुन सकिरहेको छैन।



You might also like
Loading...