शान्ति सुरक्षा सदृढ बन्दैछ : गृहमन्त्री थापा

100







बुटवल । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा सुदृढ बन्दै गएको दाबी गरेका छन् । बुटवलमा २ दिनसम्म चलेको प्रदेश स्तरीय सुरक्षा बैठकमा बोल्दै उनले संघीयताको कार्यान्वयनसँगै शान्ति सुरक्षा मजबुद बन्दै गएको बताए ।


प्रतिबन्धित विप्लव नेतृत्वको नेकपातर्फ इंगित गर्दै उनले देशमा तर्साउने र भड्काउने जस्ता गतिविधिहरूसमेत निस्तेज पारिएको बताए ।

प्रविधिको विकाससँगै हुन सक्ने अपराधका गतिविधिलाई निरूसाहित गर्न शान्ति सुरक्षाका सबै निकायलाई अहिलेको प्रविधिअनुसार तालिम, प्रशिक्षण प्रदान गरिने बताए ।

पछिल्लो समय अन्तर्राष्ट्रिय सम्बन्ध समेत बलियो हुँदै गएको बताउँदै उनले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको छविलाई माथि उठाएको बताए ।


You might also like
Loading...