दुई करोड भारतीय रूपैयाँ चोरी गर्ने एकजना पक्राउ

96












भारतीय दुई करोड रुपैयाँ चोरीमा संलग्न रहेको आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–७ का २५ वर्षीय अम्मरसिंह भुललाई प्रहरीले चोरीमा संलग्न रहेको भन्दै पक्राउ गरेको हो ।
गत जेठ २६ गते भारतको अशोक बिहार दिल्लीका विवेक अग्रवालको घरबाट भारतीय दुई करोड चोरी भएको थियो । भुल फरारको सूचीमा थिए । उनलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनलाई संगठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान हुने कैलाली प्रहरीले जनाएको छ ।



You might also like
Loading...